प्रतिनिधिसभाको दोस्रो बैठक : एमाले सांसदद्वारा नाराबाजी कायमै

काठमाडाैं । नेकपा एमाले सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गर्दै प्रतिनिधिसभाको दोस्रो बैठक पनि अवरुद्ध गरेका छन् ।

आजै बसेको प्रतिनिधिसभाको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख अग्निप्रसाद सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। त्यसबीच सभामुख सापकोटाले अवरोध हटाउन एमालेका सांसदहरुले छलफल समेत गरेका थिए।

सभामुख र एमाले सांसदहरुबीच सहमति नजुटेपछि उनीहरूले पून: बैठक अवरुद्ध गरेका हुन् । एमाले सांसदहरुले संयमित भएर संसदीय मर्यादा कायम गर, पार्टी फुटाउने षड्यन्त्र बन्द गर जस्ता नारा लगाइरहेका छन् ।

यसअघि गत बुधबार र शुक्रबार पनि एमाले सांसदहरुले बैठकमा नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका थिए।

आजको बैठकमा सपथसम्बन्धी अध्यादेश २०७८, सामाजिक सुरक्षासम्बन्धी अध्यादेश, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, राष्ट्र ऋण उठाउने अध्यादेश, विनियोजन अध्यादेशलगायत स्वीकृत गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार