वीपी प्रतिष्ठानमा आन्दोलनरत स्वास्थ्यकर्मीलाई काममा फर्कन सरकारको आग्रह

सुनसरी । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको छ ।

मन्त्रालयले आन्दोलनरत पक्षका केही माग पूरा भएको र केही पूरा हुने क्रममा रहेको भन्दै प्रतिष्ठानका आन्दोलनरत पक्षलाई नियमित काममा फर्कन अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलद्वारा जारी विज्ञप्तिमा बुँदागत रूपमा आन्दोलनकारीका माग र तिनको अवस्थाबारे उल्लेख गर्दै नियमित काममा फर्कन अनुरोध गरिएको छ ।

प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले पूर्व–सम्झौताअनुसार आफ्ना माग पूरा नभएको भन्दै गत २० भदौदेखि आन्दोलन गर्दै आएका छन् । उनीहरूले इमरजेन्सी, कोभिड र पूर्व–निर्धारित परीक्षाबाहेक सबै सेवा अवरुद्ध गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार