प्रतिनिधिसभाको बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सरकारले प्रतिस्थापन विधेयकबाट बजेट ल्याएपछि पहिलोपटक आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्न लागेको हो।

सरकारले शुक्रबार नेकपा एमालेको विरोधबीच प्रतिस्थापन विधेयक ल्याएको थियो।

सम्भावित कार्यसूची
–प्रेम सुवालले “शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–सम्माननीय प्रधानमन्त्री श्री शेरबहादुर देउवाले “शपथ सम्बन्धी अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “रेल्वे अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–प्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायात मन्त्री शेरबहादुर देउवाले “रेल्वे अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–गृहमन्त्री श्री बालकृष्ण खाँणले “राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–गृहमन्त्री बालकृष्ण खाँणले “सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–गृहमन्त्री श्री बालकृष्ण खाँणले “नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–गृहमन्त्री बालकृष्ण खाँणले “तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–दुर्गा पौडेलले “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–गृहमन्त्री श्री बालकृष्ण खाँणले “नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले “यौन हिंसा विरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–कानून, न्याय तथा संसदीय मामिला मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीले “फौजदारी कसूर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री उमेश श्रेष्ठले “औषधि (तेस्रो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री उमेश श्रेष्ठले “कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

–प्रेम सुवालले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई अस्वीकार गरियोस्” भन्ने सूचना प्रस्तुत गर्नुहुने ।

–स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री श्री उमेश श्रेष्ठले “स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७८ लाई स्वीकृत गरियोस्” भनी प्रस्ताव प्रस्तुत गर्नुहुने ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार