देशभर सामान्य बदली रहने, केही भागमा चट्याङसहित वर्षा हुने

काठमाडौं । हाल नेपालमा भारतको पूर्वी राजस्थानमा आसपासमा अवस्थित न्यून चापीय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्यून चापीय क्षेत्रको सामान्य प्रभाव रहेको जल तथा मौसम पूर्वानुमा महाशाखाले जनाएको छ। मनसुन न्यून चापीय रेखा औसतभन्दा दक्षिणतर्फ रहेको महाशाखाको भनाइ छ।

हाल मौसमको अवस्था
हाल देशको अधिकांश भूभागमा आँशिकदेखि सामान्य वदली रही बागमती प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

आइतवार दिउँसो देशको अधिकांश भूभागमा सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती देशको अधिकांश भूभागमा आँशिकदेखि सामान्य बदली रही थोरै स्थानमा मेघ गर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी
देशको धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम देखिएको छ । जसका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले सामान्य सतर्कता अपनाउनु हुन महाशाखाले अनुरोध गरेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार