७७ देशका तीन हजार नागरिककाे ज्यान गएकाे ‘सेप्टेम्बर ११’ घटनाकाे २० वर्ष पूरा

काठमाडौं । अमेरिकामा भएको आतंककारी आक्रमणको आज २० वर्ष पूरा भएको छ । न्युयोर्क, भर्जिनिया र पेन्सिलभिनियामा २० औँ स्मृति दिवस मनाइँदैछ ।

सन् २००१ को सेप्टेम्बर ११ का दिन आत्मघाती आक्रमणकारीले अमेरिकी विमानहरूलाई नियन्त्रणमा लिएर न्युयोर्कका दुई गगनचुम्बी भवनमा ठोक्काएका थिए । घटनामा विभिन्न ७७ देशका झण्डै तीन हजार नागरिकले ज्यान गुमाएका थिए ।

संयुक्त राज्य अमेरिकाको पूर्वी भेगमा उडिरहेका चारवटा विमान एकपछि अर्को गर्दै अपहरणमा परेका थिए । अपहरणमा परेका विमान न्युयोर्क र वासिङ्टनका भवनमा ठोक्काइएको थियो ।

आक्रमणको एक महिना नबित्दै तत्कालीन राष्ट्रपति जर्ज डब्ल्यू बुशले आक्रमणमा संलग्न अल कायदालाई उन्मुलन गर्न र ओसामा बिन लादेनलाई पत्ता लगाउन अफगानिस्तानमा आक्रमण गरेका थिए । पछि सन् २०११ मा छिमेकी पाकिस्तानमा अमेरिकी सेनाले लादेनलाई मारेको पुष्टि गरेका थिए ।

झन्डै दुई दशकपछि अमेरिकी सैनिक अफगानिस्तानबाट बाहिरिएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार