कारखानामा निसास्सिएर ६ जनाको मृत्यु

काठमाडौं । स्थानीय अधिकारीहरूका अनुसार उत्तर चीनको हेबेई प्रान्तको बाओडिङ शहरको एउटा कारखानामा शनिबार निसासिएर छ जनाको मृत्यु भएको छ ।

दिउँसो करिब ३ बजको समयमा हेबेईको ग्रामिण क्षेत्र सुशुई जिल्लास्थित दासिन झुवान गाउमा उक्त घटना भएको हो ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूमा जनाइए अनुसास डाउन ज्याकेट कारखानामा काम गर्ने मजदुरले कारखानाबाट निस्केको पानी फाल्ने पम्प जाँच गर्ने क्रममा बेहोस भएका र उनलाई उद्वार गर्न खोज्दा अरू थुप्रै बेहोस भएका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार