सङ्खुवासभाको सामूहिक हत्याकाण्ड: मृतक परिवारको भतिजा पर्ने लोकबहादुर कार्की पक्राउ

काठमाडौं । सङ्खुवासभामा भएको सामूहिक हत्याकाण्डमा मृतककै भतिजा संलग्न रहेको खुलासा भएको छ ।

हत्यामा संलग्न रहेको आशंकामा पक्राउ परेका स्थानीय लोकबहादुर कार्कीले अपराध स्वीकार गरेका हुन् । उनी नातामा मृतक परिवारको भतिजा पर्ने प्रहरीले जनाएको छ । उनलाई प्रहरीले शुक्रबार पक्राउ गरेको हो ।

उनलाई शनिवार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने प्रहरीको तयारी छ ।

गत सोमबार बिहानै सङ्खुवासभाको सङ्खुवासभाको मादी नगरपालिका–१ खोला गाउँमा स्थानीय बुद्धमान कार्कीका परिवारका ६ जना सदस्यको हत्या भएको थियो ।

उक्त हत्याकाण्डमा बुद्धमानका छोरा ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती कमला कार्की, बुहारी ३२ वर्षीय रञ्जना कार्की, ८४ वर्षीय आमा पार्वती कार्की, ८ वर्षीय विपिन कार्की र ५ वर्षीय गोमा कार्की हत्या भएको थियो । व्यक्तिगत रिसिइबीका कारण हत्या भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार