एमाले स्थायी कमिटीको बैठक बस्दै

काठमाडौ । नेकपा एमाले स्थायी कमिटीको बैठक शनिबार बस्दैछ ।

बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानको भवनमा अहिले बिहान बस्न लागेको हो ।

बैठकमा विधान महाधिवेशन (प्रतिनिधि, दस्तावेज र व्यवस्थापन) र चालु संसद अधिवेशनमा पार्टीले खेल्ने भूमिकाबारे छलफल हुने जनाइएको छ ।

यसअघि शुक्रबार अपराह्न ४ बजे बस्ने भनिएको स्थायी कमिटी बैठक संसद बैठक लम्बिएपछि शनिबार बस्न लागेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार