अफगानिस्तानका पूर्व–उपराष्ट्रपतिका भाइ अजिजीको तालिबानद्वारा हत्या

काठमाडौं । फगानिस्तानका पूर्व उप–राष्ट्रपति अमरूल्लाह सालेहका भाइ रोहुल्ला अजिजीको तालिबानले हत्या गरेको सालेहको परिवारले आरोप लगाएको छ।

सालेहका भतिजले समाचार एजेन्सी रोयटर्सलाई एउटा सन्देश पठाउँदै त्यस्तो जानकारी दिएका हुन्।

सन्देशमा उनले लेखेका छन्– ‘उनीहरूने आज उहाँको हत्या गरिदिए। हामीले उहाँको अन्तिम संस्कार गर्नका लागि शव माग्दा उनीहरू भन्छन्– उनको शव सड्नुपर्छ।’

तालिबान सूचना सेवाको उर्दू भाषामा जारी गरिएको विज्ञप्ति अनुसार पंजशीरमा हमलामा रोहुल्ला सालेहको मृत्यु भयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार