थप १ हजार १४६ जनामा संक्रमण, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । साथै १ हजार ६६० जना संक्रमणमुक्त भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको छ ।

संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । यस्तै पछिल्लो २४ घण्टामा २१ जनाले कोरोनाबाट ज्यान गुाएका छन् । यसरी कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार