एमालेको स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ । आजको बैठकमा विधान महाविधेशनमा प्रस्तुत हुने प्रस्ताव तथा तयारीको बारेमा छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

बैठकमा नेताहरुको कार्यविभाजन हेरफेर गर्ने विषयमा समेत छलफल हुने बताइएको छ । एमालेको विधान महाधिवेशन असोज ४ र ५ गते काठमाडौंमा हुँदैछ । त्यसअघि विधान मस्यौदामाथि देशभर छलफल गरेर सुझाव मागिएको छ । स्थायी कमिटी बैठकले प्रस्तावमाथि छलफल गरि आवश्यक सुझावसहित केन्द्रीय कमिटी बैठकमा पेश हुनेछ ।

एमालेको केन्द्रीय कमिटी बैठक असोजर १ र २ गते बस्ने बताइएको छ । विधान मस्यौदामा प्रस्तावित कतिपय विषय स्थायी कमिटीमा सहमतिका आधारमा हेरफेर हुन सक्ने नेताहरुले बताएका छन् ।

शुक्रवारको बैठकले स्थायी कमिटीका नेताको जिम्मेवारी समेत हेरफेर गर्ने सम्भावना रहेको छ । माधव नेपाल छाडेर एमालेमै बसेका नेताहरुको जिम्मेवारी परिभाषित नभएकाले स्थायी कमिटीले यसबारे टुंगो लगाउने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार