एमाले स्थायी कमिटी बैठक भाेलि बस्ने

काठमाडौं । प्रमुख विपक्षी दल नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले स्थायी कमिटी बैठक बाेलाएकाे छ । कमिटी बैठक शुक्रबार अपरान्ह ४ बजेका लागि बाेलाएकाे हाे ।

बैठकमा विधान महाधिवेशनमा पेश गरिने राजनीतिक तथा विधान संशोधन प्रस्तावमाथि छलफल गर्ने तयारी भएको पार्टी स्राेतले बताएकाे छ ।

असाेज ६ र ७ गते हुने विधान महाधिवेशनमा पेश गरिने राजनीतिक प्रतिवेदन अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा तथा विधान संशोधन मस्यौदा उपमहासचिव विष्णुप्रसाद पौडेलको संयोजकत्वमा तयार गरिँदैछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार