कांग्रेस महाधिवेशन रोक्न परेको रिट सर्वोच्च अदालतद्वारा खारेज

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन रोक्न माग गर्दै वागमती प्रदेशका सांसद नरोत्तम वैद्यले दायर गरेको रिट सर्वोच्च अदालतले खारेज गरिदिएको छ ।

बिहीबार न्यायाधीश अनिलकुमार सिन्हाको एकल इजलासले वैद्यको रिट खारेज गरेको हो ।

वैद्यले कोरोना भाइरसको संक्रमण बढीरहेकाले हाललाई महाधिवेशन रोक्न अन्तरिम आदेश माग गर्दै रिट दायर गरेका थिए । तर, भदौ १८ गतेदेखि विभिन्न जिल्लाका वडा तहमा अधिवेशन सुरु भइसकेकाले वैद्यको रिट खारेज भएको हो ।

उनले भदौ १८ गते अदालतमा रिट दायर गरेका थिए । कांग्रेसको १४औँ महाधिवेशन आगामी मंसिर ९ देखि १३ गतेसम्म गर्ने तय गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार