प्रधानसेनापति प्रभुराम शर्माले गरे पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौं । नबनियुक्त प्रधानसेनापति प्रभुराम शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानसेनापति शर्मालाई शीतल निवासमा शपथ ग्रहण गराउनुका साथै दर्ज्यानी चिह्न लगाइदिएकी हुन् ।

पूर्वप्रधानसेनापतिहरू पूर्णचन्द्र थापा र राजेन्द्र क्षत्रीकै कार्यकालदेखि संगठनलाई माथिल्लो तहमा बसेर बुझ्ने अवसर पाएका शर्मा २०८१ भदौ २४ सम्म प्रधानसेनापति रहने छन् ।

नेपाली सेनाका परमाधिपतिसमेत रहेकी राष्ट्रपति भण्डारीले गत भदौ ११ गते शर्मालाई भदौ २४ गतेबाट लागू हुने गरी प्रधानसेनापति नियुक्त गरेकी थिइन् ।

मन्त्रिपरिषद्ले नेपालको संविधानको धारा २६७ को उपधारा (५) बमोजिम शर्मालाई नियुक्त गर्न सिफारिस गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार