एमसीसीकी उपाध्यक्ष र नायब उपाध्यक्ष आज नेपाल आउँदै

काठमाडौं । अमेरिकी परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेशन एमसीसीका उपाध्यक्ष फतेमा सुमार र नायब उपाध्यक्ष जोनाथन ब्रुक्स आज नेपाल आउँदै छन् । नेपालको चारदिने भ्रमणमा आज बिहान कतारबाट काठमाडौं आउने भएका हुन्।

उनीहरुको नेपाल भ्रमणलाई चासो र महत्वका साथ हेरिएको छ । एमसीसी पास हुने सम्भावना बढेको समेत बुझिएको भन्दै एमसीसी विरोधीहरुले विभिन्न माध्यमबाट विरोध प्रदर्शन पनि गरिरहेका छन् ।

उनीहरू एमसीसी परियोजनाका प्रक्रियागत प्रगतिबारे जानकारी लिन नेपाल आउन लागेका छन्।

नेपालमा रहँदा उपाध्यक्ष सुमार नेतृत्वको प्रतिनिधिमण्डलले प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम रहेको अर्थ मन्त्रालयले जनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार