शिखर धवन दम्पत्तिले गरे सम्बन्धविच्छेद

काठमाडौं । भारतीय क्रिकेटर शिखर धवनले पत्नी आयशा मुखर्जीसँग सम्बन्धविच्छेद गरेका छन् ।

सोमबार धवन पत्नी आयशाले सामाजिक सञ्जाल इन्स्टाग्राममा एक भावुक पोस्ट गर्दै यसको खुलासा गरेकी हुन् । सम्बन्धविच्छेद भन्दा अगाडि नै यी दुईले सामाजिक संजालमा एक अर्कालाई अनफलो गरिसकेका थिए ।

सन् २०१२को अक्टोबर महिनामा बिहे गरेका यी दुईको १ छोरा छन् ।

धवनले भने अहिलेसम्म यस विषयमा केही बोलेका छैनन् । आयशा मुखर्जी किक बक्सिङ खेलाडी हुन् ।

 

View this post on Instagram

 

A post shared by Aesha Mukerji (@apwithaesha)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार