अभिनेत्री ऋचाले छोरा जन्माइन्

काठमाडौं । अभिनेत्री ऋचा शर्माले छोरा जन्माएकी छिन् ।

२ वर्षअघि दिपेक्षविक्रम राणासँग बिहे गरेकी ऋचाले पहिलो सन्तानको रुपमा छोरालाई जन्म दिएकी हुन्।

ऋचाले छोरा पाएको कमेडी च्याम्पियनले फेसबुक पेजमार्फत पुष्टि गरेको छ ।

साथै उनलाई कमेडी च्याम्पियन टिमले बधाईसमेत दिएको छ ।

कमेडी च्याम्पियनको सिजन १ देखि नै जजको भूमिकामा रहेकी ऋचाले एकसाताअघि मात्रै आमा बन्ने दिन नजिकिएपछि उक्त सोबाट बिदा लिएकी थिइन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार