देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा वर्षा हुने

काठमाडाैं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। हाल मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहेको महाशाखाकाे भनाइ छ ।

हाल मौसमको अवस्था

हाल देशभर सामान्यदेखि पूर्णतया वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको महाशाखाकाे भनाइ छ ।

मंगलवार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका थोरै र प्रदेश १, बागमती तथा लुम्बिनी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ ।

राती देशभर सामान्य बदली रही गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिमका धेरै र बाँकी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श

देशको केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १ र बागमती प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकाले पहाडी भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकाे देखिएकाे छ, जसका कारण नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने देखिएकाले सम्बन्धित भागमा बस्ने स्थानीयहरूले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार