थप १ हजार ८९७ मा काेराेना पुष्टि, १ हजार ७३४ जना निकाे भए

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ८९७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७४३ जना संक्रमणमुक्त भएका छन् भने २० जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ६०९ जनाको पीसीआर परीक्षणमा १ हजार ४८८ र ४ हजार ३७० को एन्टिजेन परीक्षणमा ४०९ जना गरी १ हजार ८९७ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ७० हजार ७५९ जना पुगेको छ ।

जसमध्ये २८ हजार ९११ जना होम आइसोलेसनमा र २ हजार ०६२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ८५८ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो शनिबार १,०८९ जना संक्रमित थपिँदा २० जनाको मृत्यु भएको थियो भने १,५३८ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार