एकीकृत समाजवादीकाे महासचिवकाे जिम्मा बेदुराम भुसाललाई

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) ले महासचिवको जिम्मेवारी स्थायी कमिटी सदस्य बेदुराम भुसाललाई दिएकाे छ। पार्टीले हालका लागि अनाैपचारिक रूपमा महासचिवको जिम्मेवारी भुसाललाई दिएको हो।

पार्टीको दैनिक कार्य सम्पादन गर्नका नेता भुसालको संयोजकत्वमा सचिवालय गठन गरिएको छ। सचिवालयमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. बिजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ छन्।

यस्तै, केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी गंगालाल तुलाधरलाई दिइएकाे अध्यक्ष माधवकुमार नेपालले जारी गरेकाे अन्तरपार्टी निर्देशनमा उल्लेख गरिएकाे छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार