एकीकृत समाजवादीको प्रवक्तामा जगन्नाथ खतिवडा

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को प्रचार विभाग प्रमुख एवं प्रवक्तामा जगन्नाथ खतिवडा चयन भएका छन् । एकीकृत समाजवादी पार्टीले जारी गरेको अन्तरपार्टी निर्देशन–१ मा खतिवडा प्रचार विभाग प्रमुख नियुक्त भएको उल्लेख गरिएको छ ।

एकीकृत समाजवादी पार्टीले सात सदस्यीय स्थायी कमिटीसमेत चयन गरेको छ । स्थायी कमिटीमा अध्यक्ष माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, मुकुन्द न्यौपाने, डा. बेदुराम भुसाल र प्रमेश हमाल स्थायी कमिटी सदस्य रहेका छन् ।

यस्तै, पार्टीको दैनिक कार्य सम्पादन गर्नका लागि डा. बेदुराम भुसालको संयोजकत्वमा सचिवालय गठन भएको छ । सचिवालयको सदस्यहरुमा प्रमेश हमाल, राजेन्द्र पाण्डे, डा. गंगालाल तुलाधर, डा. विजय पौडेल, जयन्ती राई र जीवनराम श्रेष्ठ रहेका छन् ।

यसैगरी पार्टी केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी डा.गंगालाल तुलाधरलाई दिइएको छ । एकीकृत समाजवादी पार्टीले प्रदेशको पार्टी कामलाई संयोजन गर्नका लागि प्रदेश इञ्चार्ज समेत तोकेको छ ।

प्रदेश १ मा घनेन्द्र बस्नेत, प्रदेश २ मा धर्मनाथ साह, वागमती प्रदेशमा केदार न्यौपाने गण्डकी प्रदेशमा केशवलाल श्रेष्ठ, लुम्विनी प्रदेशमा भागवत विश्वासी, कर्णाली प्रदेशमा प्रकाश ज्वालालाई प्रदेश इन्चार्ज तोकिएको छ । सुदुरपश्चिम प्रदेशको इन्चार्ज पछि तय गरिनेछ ।

यस्तै उपत्यका विशेष प्रदेश कमिटीको इन्चार्जमा विश्वनाथ प्याकुरेल, सम्पर्क विशेष प्रदेश कमिटीको इन्चार्जमा विजय गुरुङ, मोर्चा इञ्चार्जमा डा. विजय पौडेल चयन भएका छन् ।

यस्तै प्रवास क्षेत्रको इन्चार्जमा श्रीप्रसाद शाह, अदालत र निर्वाचन आयोग सम्बन्धी काम हेर्ने जिम्मेवारीमा राजेन्द्र पाण्डे, विजय पौडेल र रामकुमारी झाँक्रीलाई तथा संसदीय कामको जिम्मेवारीमा विरोध खतिवडा, कल्याणी खड्का, जीवनराम श्रेष्ठ र ठगेन्द्र पुरी जिम्मेवारी दिइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार