थप १ हजार २ सय ६८ मा कोरोना संक्रमण

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा एक हजार २ सय ६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

६ हजार ७ सय ५३ जनामा पीसीआर परीक्षण गर्दा एक हजार २४ र ३ हजार १ सय २२ जनामा एन्टिजेन परीक्षण गर्दा २ सय ४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । सोही अवधिमा २ हजार १ सय ९५ जना संक्रमणमुक्त भएका छन् । देशभर कोरोना संक्रमितको सक्रिय संख्या ३१ हजार ८ सय २६ छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार