देशभर वर्षाकाे सम्भावना, प्रदेश १ र गण्डकीमा ठूलाे पानी पर्ने

काठमाडौं । आज शनिबार मुलुकका धेरै स्थानमा वर्षाको सम्भावना छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागभन्दा केही तल रहे रहे पनि वर्षाको सम्भावना कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।

महाशाखाका अनुसार दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । त्यसमा पनि प्रदेश १ र गण्डकीका एक वा दुई स्थानमा मेघगर्जन,चट्याङसहित भारी वर्षाको आँकलन गरिएको छ ।

राति प्रदेश २ र गण्डकीका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले उल्लेख गरेको छ । यसैगरी, आइतबार धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार