सुर्खेतमा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने

सुर्खेत । सुर्खेतमा आइतबारदेखि विद्यालयहरु सञ्चालन हुने भएका छन् । कोरोना भाइरस (कोभिड–१९) का कारण लामो समयदेखि बन्द भएका विद्यालयहरु आइतबारदेखि सञ्चालनमा आउने भएका हुन् ।

त्यसका लागि शुक्रबार बसेको कोभिड संकट व्यवस्थापन केन्द्रले निर्णय गरिसकेको सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार