कटुवा पेस्तोल र पाँच राउण्ड गोली बरामद

सर्लाही । सशस्त्र प्रहरीले लालबन्दीबाट एक थान कटुवा पेस्तोल र त्यसमा प्रयोग हुने ५ राउण्ड गोली बरामद भएको छ ।

सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प हरिवनबाट सशस्त्र प्रहरी नायब उपरीक्षक दीपेन्द्र थापाको कमाण्डमा खटिएको गस्ती टोलीले शुक्रवार लालबन्दी नगरपालिका वडा नम्वर ५ स्थित रेल्वे ट्रयाकबाट हतियार बरामद् गरेको हो ।

गस्तीमा रहेको सुरक्षाकर्मीलाई देख्नासाथ प्रदेश नम्वर २–०२–००४ प ७७५७ नम्वरको अपाचे मोटरसाइकल छाडेर चालक फरार भएको र उक्त मोटरसाइकल चेकजाँच गर्दा लेगगार्डमा झुण्ड्याएर राखेको झोलामा कपडाभित्र लुकाएर राखेको अवस्थामा एक थान कटुवा पेस्तोल र सोमा प्रयोग हुने ५ राउण्ड गोली बरामद् भएको सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार एक राउण्ड पेस्तोलमा लोड भएको र ४ राउण्ड बाहिरै रहेको गोली बरामद् भएको हो । बरामद् भएको हतियार र मोटरसाइकल थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीलाई बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार