एक हजार ७५६ संक्रमित थपिए, २३ जनाको मृत्यु

काठमाडौं । नेपालमा शुक्रबार एक हजार ७५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ३३४ नमुना परीक्षण गर्दा एक हजार ७५६ जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार पीसीआरबाट एक हजार ३५७ र एन्टिजेनबाट ३९९ जनामा संक्रमण पुष्टि भएको हो । उक्त अवधिमा ९ हजार ७७३ जनाको आरटी पीसीआर र ४ हजार ५६१ जनाको एन्टिजेन परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा नेपालमा २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ८०९ पुगेको छ ।

त्यस्तै सोही अवधिमा दुई हजार २७४ जना संक्रमणमुक्त भएका छ । योसँगै कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ लाख २३ हजार ४५६ पुगेको मन्त्रालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार