मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद बैठक बोलाएका छन् । प्रधानमन्त्री देउवाले बुधबार साँझ ४ बजे बालुवाटारमा बैठक बोलाएका हुन् ।

आज बस्ने बैठकमा वर्तमान राजनीति अवस्थाका विषयमा छलफल हुने बताइएको छ । साथे, आजको बैठकमा प्रदेश १ र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरबदलबारे छलफल पनि हुनसक्ने बताइएकाे छ ।

सरकार गठन भएको झण्डै दुई महिना वित्न लाग्दा समेत मन्त्रिपरिषद्ले अझै पूर्णता पाउन सकेको छैन । आजको बैठकमा मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे समेत छलफल हुने बताइएको छ ।

यसअघि दुई दिनभित्र मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे सत्तारुढ गठबन्धन दलबीच सहमति भएको थियो । तर, सहमति मन्त्रिपरिषदले पूर्णता पाउन अझै केही दिन लाग्ने बचाइन्छ । प्रधानमन्त्री देउवाले मन्त्रिपरिषदलाई पूर्णता दिन नसक्दा आलोचना खेप्दै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार