आज घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा केही गिरावट आएको छ । आइतबार र सोमबार स्थिर रहेको सुनको भाउ आज भने ४०० रुपैयाँले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज छापावाला सुन प्रतितोला ९१ हजार २०० मा कारोबार भएको जनाएको छ । हिजो छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६०० मा कारोबार भएको थियो ।

तेजाबी सुन प्रतितोला ९० हजार ७०० मा कारोबार भएको महासंघले जनाउको छ । हिजो तेजाबी सुन प्रतितोला रू. ९१ हजार १०० मा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो प्रतितोला १ हजार २१० मा कारोबार भएको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार २०५ किनबेच भइरहेको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार