बालुवाटारमा सत्ता गठबन्धनको बैठक, मन्त्रालय बाँडफाँटको तयारी

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनका नेताहरु बिहानैदेखि छलफलमा जुटेका छन्। मंगलबार बिहानैदेखि सुरु भएको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी रहेको छ ।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल जसपा अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरु सहभागी भएका छन् ।

यस अघि हिजो सोमबार बसेको गठबन्धनको बैठकले मन्त्रिपरिषदलाई चाडै पूर्णता दिने सहमति गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार