बाढीपहिरोबाट ३ दिनमा ९ को मृत्यु, ४ जना बेपत्ता

काठमाडाैं । अविरल वर्षापछिको बाढी, पहिरो र डुवानका कारण पछिल्लो ३ दिनमा ९ जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।

राष्ट्रिय विपद जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार भदौ १० देखि परेको अविरल वर्षापछिको विपदका कारण ५ जना घाइते भएका छन् र ४२ घर पूर्ण रुपमा क्षति भएको छ ।

विपदका कारण समस्यामा परेका ७५६ जनालाई सुरक्षित स्थानमा राखिएकाे प्राधिकरणले जनाएकाे छ । भदौ १५ गतेसम्म वर्षाको सम्भावना रहेको भन्दै प्राधिकरणले सर्वसाधारणलाई सुरक्षित हुन आग्रह गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार