विप्लव निकट अखिल (क्रान्तिकारी)को राष्ट्रिय सम्मेलन असोजमा

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले आगामी असोज महिनामा २२औँ राष्ट्रिय सम्मलेन गर्ने भएको छ । २२औँ राष्ट्रिय सम्मेलन आयोजक समितिको १०-११ भदौमा बसेको पूर्ण बैठकले आगामी ६, ७ र ८ असोजमा राष्ट्रिय सम्मेलन पोखरामा गर्ने निर्णय गरेको हो ।

आयोजक समितिले चिरन्जीवी ढकालको संयोजकत्वमा ३८ सदस्यीय २२औँ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको जानकारी दिएको छ ।

समितिका संयोजक ढकालले बैठकले ४ वटा महत्त्वपूर्ण निर्णय गरेको भन्दै २२औँ राष्ट्रिय सम्मेलनसँग सम्बन्धित विभिन्न उपसमितिहरू पनि गठन गरेको बताए ।

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले विधान तथा प्रतिवेदन लेखन उपसमितिको संयोजकमा चिरन्जीवी ढकाललाई तोकेको छ । त्यस्तै, सदस्यहरूमा प्रकाश शाही, वीरेन्द्र बिक, मिलन राई, वीरेन्द्र शाख र शारदा भण्डारी रहेका छन् । यसैगरी आर्थिक उपसमितिमा संयोजक प्रकाश शाहीलाई तोकिएको छ भने मिलन राई, नवराज भट्ट, अटल पाण्डेलगायत सदस्यहरू रहेका छन् ।

ढकालले सम्मेलनमा शैक्षिक आन्दोलन, राष्ट्रियता र जनजीवीकासँग सम्बधित विषयहरूमा संघर्ष केन्द्रित गर्ने निर्णय गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार