काबुल विमानस्थलमा रकेट आक्रमण, विस्फोटकाे आवाज सुनियो

काठमाडौं । अफगानिस्तानको काबुल विमानस्थल नजिकै विस्फोट भएको छ । बीबीसीका पत्रकार सिकन्दर किरमानीले ट्वीट गर्दै काबुल विमानस्थल नजिकै विस्फोटको जानकारी दिएका छन् ।

समाचार एजेन्सी एएफपीले पनि विस्फोटको आवाज सुनिएको बताएको छ भने अलजजिराले पनि विस्फाेटकाे पुष्टि गरेकाे छ । तालिबानले अफगानिस्तान कब्जा गरेसँगै काबुलमा यो दोस्रो विस्फोट भएको हो ।

आइतबार बिहानमात्र अमेरिकी राष्ट्रपति जो बाइडनले काबुलमा आक्रमण हुन सक्ने चेतावनी दिएका थिए ।

aljazeera

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार