नेप्से परिसूचक ४९ अंकले घट्यो

काठमाडौं । साताको पहिलो दिन आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ४८.८४ अंकले घटेको छ । आइतबार कारोबार खुला भएको केही मिनेटसम्म दोहोरो अंकले बढेको नेप्से परिसूचक केहीबेर पछि भने घट्न शुरु गरेको थियो । त्यसपछि लगातार घट्न थालेको परिसूचक बजार बन्द हुँदा उच्च अंकले घटेर बन्द भएको हो ।

आज बजार ४९.१८ अंकले ओरालो लागेको हो। योसँगै नेप्से परिसूचक ३०४४.८७ को विन्दुमा झरेको छ। राम्रा र बलिया कम्पनीको सूचक पनि ८.५९ अंकले घटेर ५६२.८६ को विन्दुमा ओर्लेको छ।

आज नेप्सेमा सूचीकृतमध्ये २२७ कम्पनीका २ करोड ४८ लाख ८८ हजार ३१३ कित्ता सेयर १५ अर्ब ६५ करोड १२ लाख ४४ हजार ५०५।१३ रुपैयाँमा किनबेच भएका छन्।

आइतबार फाइनान्स बाहेकका सबै समूहगत सब इन्डेक्सहरु घटेका छन् । फाइनान्स भने बढेर हरियो देखिएको छ । बजार घटेपनि नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले राम्रो कमाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार