मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे छलफल

काठमाडौं । नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

आइतबार बिहान बालुवाटारमा भएको भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेमा केन्द्रित छ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार भेटवार्ता मन्त्रिपरिषदलाई पूर्णता दिनेबारे केन्द्रित छ। प्रधानमन्त्री देउवाले डेढ महिना हुँदा पनि मन्त्रिपरिषदलाई पूर्णता दिएका छैनन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार