थप १ हजार ८ सय ५७ मा कोरोना संक्रमण पुष्टि, २७ जनाको मृत्यु

काठमाडौं । आज कोरोना संक्रमितको संख्या केही घटेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ हजार ८५७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

९ हजार ४०९ पीसीआर परीक्षणमा १ हजार ५१६ जना र ३ हजार ७६७ एन्टिजेन परीक्षणमा ३४१ जना गरी १ हजार ८५७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा थप २ हजार २२२ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोनामुक्त हुनेको संख्या ७ लाख १० हजार ४५२ छ ।

नेपालमा कोरोना संक्रमणबाट थप २७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुने‍को संख्या १० हजार ६९० पुगेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार