पौडेल पक्षका जिल्ला सभापतिहरु छलफलमा

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको बैठक जारी छ ।

नेता प्रकाशमान सिंहको निवास चाक्सीबारेमा शनिबार बिहान पौडेल पक्षीय जिल्ला सभापतिहरुसँगको छलफलका लागि बैठक बसिरहेको छ ।

१४ औं महाधिवेशन नजिकिएसँगै पौडेलले आफूपक्षधरहरुसँगको छलफललाई तिब्रता दिएका छन् ।

बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा समेत छलफल हुने जनाइएको छ । बैठकमा रामचन्द्र पौडेल, शशांक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिंह केसीलगायतका नेताहरुका साथमा जिल्ला सभापतिहरुको सहभागिता रहेको छ ।

बैठकमा क्रियाशील सदस्यता विवादका विषयमा समेत छलफल हुने जनाइएको छ ।

पौडेल पक्षका नेताको शुक्रबार बसेको बैठकले व्यावहारिक कठिनाइ अन्त्य गरेर महाधिवेशन गर्नुपर्ने निष्कर्ष निकालेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार