नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आइतवार बस्ने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक आइतवार बस्ने भएको छ ।

आइतबार बस्ने बैठकले पार्टीको संसदीय दलको नेता चयन गर्ने एकीकृत समाजवादीको तयारी रहेको छ । यसपछि संसदीय दलको नेताले उपनेता, प्रमुख सचेतक र सचेतक चयन गर्नेछ ।

पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले ९ भदौमा नयाँ दलको वैधानिकता पाएको छ ।

दल दर्ता भएसँगै सांगठनिक संरचना निर्माणमा लागेको एकीकृत समाजवादीले आइतवार दलको नेता चयन गर्न लागेको हो । अध्यक्ष नेपाललाई नै संसदीय दलको नेतामा चयन गर्ने दलको योजना रहेको बताइएको छ । एकीकृत समाजवादीको शुक्रवार बसेको बैठकले सरकारमा जाने औपचारिक निर्णय समेत गरेको छ ।

एकीकृत समाजवादीमा प्रतिनिधिसभामा २३ र राष्ट्रियसभामा सात सांसद छन् । यस्तै दल दर्ताका बेला सनाखत गर्न छुटेका प्रतिनिधिसभा सदस्यहरु सोमप्रसाद पाण्डे, तुलसा थापा र माया ज्ञवालीसँगै राष्ट्रियसभाका शारदादेवी भट्टले पनि आफूहरु एकीकृत समाजवादीमै रहेको बताउनुभएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार