‘करण अर्जुन’ मा पहिलो रोजाइ थिएनन् शाहरुख र सलमान

काठमाडाैं । आफूलाई अफर गरेको केही फिल्म पछि ‘ब्लकबस्टर’ भएमा कलाकारलाई पछुतो लाग्ने गर्छ । सन् १९९५ मा रिलिज भएको ‘करण अर्जुन’ मा पनि यस्तै देखियो ।

फिल्ममा शाहरुख खान, सलमान खान, काजोल र ममता कुल्कर्नीलगायतको अभिनय थियो । यद्यपि फिल्मबाट शाहरुख र सलमानको जोडीको निकै प्रशंसा भयो । फिल्मले पाएको सफलता लोभलाग्दो थियो । आज पनि फिल्मको चर्चा भइनै रहेको छ ।

राकेश रोशन निर्देशित फिल्ममा सलमान र शाहरुख पहिलो रोजाइमा थिएनन् । उनले प्रोजेक्ट सुरु गर्ने समयमा पहिलो अप्रोच सनी देओल र बबी देओललाई गरेका थिए । निर्देशक राकेश चाहन्थे कि फिल्मको कथालाई दर्शकले रिलेट गरुन् । उनी बलिउडका लिजेन्ड धर्मेन्द्रका दुई छोरालाई पर्दामा उतारेर दर्शकसँग भावनात्मक सम्बन्ध गाँस्न चाहन्थे । तर, यी दुई भाइले फिल्म गर्न मानेनन् । र, निर्देशक राकेशको बलिउडका असली दुई भाइलाई पर्दामा देखाउने सपना पूरा भएन ।

त्यसपछि उनले अजय देवगनलाई अफर गरे । उनी अजयको एक्सनसँग प्रभावित थिए । त्यसैले उनले अजयलाई फिल्ममा काम गर्न प्रस्ताव गरे । तर, अजयले पनि अन्य व्यस्तता देखाउँदै काम गर्न मानेनन् । त्यसपछि मात्र प्रोजेक्ट सलमान र शाहरुखको हातमा पुग्यो । यी दुईको जोडीले फिल्म रिलिजपछि प्रशस्तै तारिफ पाए । फिल्मले बक्स अफिसमा त्यसबेला ५३ करोडको व्यापार गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार