पहिरोमा परी नवलपरासी पूर्वमा तीनजना बेपत्ता

नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को हुप्सेकोट गाउँपालिकमा पहिरोमा परी तीनजना बेपत्ता भएका छन् । हुप्सेकोट–४ माथिल्लो चार घरेकी ४० वर्षीया धनमाया पुलामी र उनका दुई नातिनीहरू करिब सात वर्षीया भुमिसरा पुलामी र ६ वर्षीया देउमाया पुलामी बेपत्ता रहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपरासी ९बर्दघाट सुस्ता पूर्व० का प्रवक्ता प्रहरी निरीक्षक मधुसूदन सिंहका अनुसार बिहीबार राति करिब २ बजे गएको पहिरोले ५० वर्षीय हस्तबहादुर पुलामीको घर पूर्णरूपमा क्षति भएको हो । पहिरोमा हस्तबहादुरलाई पुरेको थियो। उनको स्थानीयले तत्काल उद्धार गरी नजिकैको विद्यालयमा राखेका थिए । उनलाई उपचारको लागि मध्यविन्दु जिल्ला अस्पतालमा लगिसएको प्रहरी निरीक्षक सिंहले बताउनु भयाे ।

पहिरोमा परी बेपत्ता भएको थाहा पाए लगत्तै स्थानीयसहित सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेका छन् । बेपत्ताको खोजी जारी रहेको प्रहरीले बताएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार