मोहम्मद आलमको मुद्दामा सुनुवाइ भएन

काठमाडौं । इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा थुनाभित्र रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा आज पनि सुनुवाइ नहुने भएको छ ।

बारम्बार पेसी तोकेर पनि विभिन्न कारणले सुनुवाई हुन नसकेको सो मुद्दा शुक्रबार पनि सुनुवाई नभई थन्किएको हो । विपक्षीको कानुन व्यवसायीबाट स्थगितका लागि माग भए बमोजिम शुक्रबार उक्त मुद्दामा सुनुवाई हुन नसकेको हो ।

शुक्रबार न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको थियो ।

आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

यसअघि गत साउन २९ गते आलमको मुद्दा हेर्न नमिल्नेमा राखिएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार