बुद्धचित्तको नाै किलाे दानासहित तामाङ जना पक्राउ

ललितपुर । बुद्धचित्तकाे दानासहित एक जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका २ सानेपा कालोपुलबाट ९ केजी बुद्धचित्तको दानासहित काभ्रेपलान्चोक जिल्ला तेमाल गाउँपालिका ९ का २९ वर्षीय रोजबहादुर तामाङ पक्राउ परेका हुन् ।

ललितपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा २ ज ३६०७ नम्बरको ट्याक्सीलाई महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा उक्त बुद्धचित्त फेला पारी तामाङलाई पक्राउ गरेको नेपाल प्रहरी केन्द्रीय समाचार कक्षले जनाएकाे छ ।

तामाङलाई थप अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय गोदावरी ललितपुर पठाइएको बताइएकाे छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार