काबुल विमानस्थलमा भएको आक्रमणको जिम्मा ‘आईएसआईएस-के’ले लियो, कस्तो समूह हो यो ?

काठमाडौं । काबुल विमानस्थलमा बिहीवार भएको आक्रमणको जिम्मा ‘आईएसआईएस-के’ समूहले लिएको छ।

कम्तीमा ९० जनाको मृत्यु र सयौँ अरू घाइते भएको उक्त आक्रमण गराउने समूह जसको पूरा नाम इस्लामिक स्टेट खोरासन प्रोभिन्स अफगानिस्तान र पाकिस्तानमा सक्रिय चर्चित आईएस समूहको क्षेत्रीय सहयोगी हो।

अफगानिस्तानमा रहेका विद्रोही समूहमध्ये यो सबैभन्दा अतिवादी र हिंसात्मक समूह हो।

इराक र सिरियामा आईएस सबैभन्दा शक्तिशाली रहेको बेला सन् २०१५ को ज्यानुअरीमा खडा गरिएको हो।

आईएसलाई त्यसयता अमेरिकी नेतृत्वको फौजले हराइसकेको भए पनि आईएसआईएस-के भने अफगान र पाकिस्तानी लडाकुहरूलाई सामेल गरेर शक्तिशाली बनिरहेको छ। यसका धेरै सदस्यहरू तालिबानका पूर्वलडाकुहरू छन्।

कति अतिवादी?
आईएसआईएस-केलाई कन्या विद्यालय, अस्पताल र प्रसूति वार्डमा गरिएका हिंसात्मक आक्रमणका लागि जिम्मेवार मानिएको छ। एउटा आक्रमणमा उनीहरूले गर्भवती महिला र नर्सहरूको समेत हत्या गरेका थिए।

तालिबानले अफगानिस्तानलाई मात्रै आफ्नो क्षेत्र मान्छ भने आईएसआईएस-के भने आईएसको सहयोगी भएका कारण पश्चिमा र अन्तर्राष्ट्रिय जहाँ सकिन्छ त्यहाँ आक्रमण गर्न गरी तयार पारिएको छ।

कहाँ छन्?
आईएसआईएस-के अफगानिस्तानको पूर्वी प्रान्तमा छन् जहाँ पाकिस्तानमा लागुऔषध र मानव तस्करी हुने बाटो रहेको छ।

कुनै बेला यसका ३,००० लडाकु रहेका भए पनि अमेरिकी र अफगान फौजसँग द्वन्द्व एवं तालिबानसँगको द्वन्द्वमा धेरै लडाकु मारिएको मानिन्छ।

तालिबानसँग कस्तो सम्बन्ध छ?

अर्कै समूह हक्कानी सञ्जालमार्फत् तालिबानसँग आईएसआईएस-केको सम्बन्ध छ।

अध्ययनकर्ताहरू आईएसआईएस-के र हक्कानी सञ्जालबीच गहिरो सम्बन्ध छ। हक्कानी सञ्जालको तालिबानसँग गहिरो सम्बन्ध छ।

काबुलको सुरक्षाको जिम्मा पाएका व्यक्ति खलिल हक्कानी हुन् जसको टाउकोको अमेरिकाले मूल्य ५० लाख अमेरिकी डलर तोकेको छ।

वर्षौँदेखि अफगानिस्तानमा विद्रोही समूहको अध्ययन गरिरहेका डा. सज्जन गोहेल भन्छन्, ‘सन् २०१९ देखि २०२१ सम्ममा धेरै आक्रमणहरू आईएसआईएस-के, तालिबानको हक्कानी सञ्जाल र पाकिस्तानमा रहेका अन्य आतङ्ककारी समूहहरूबीचको सहकार्य हुन्।’

-बीबीसी

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार