मोहम्मद आलमको मुद्दामा सुनुवाइ हुँदै

काठमाडौं । इँटा भट्टामा जिउँदै मानिस जलाएर मारेको अभियोगमा थुनाभित्र रहेका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री मोहम्मद आफताब आलमको मुद्दामा सुनुवाइ हुने भएको छ।

न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र प्रकाशकुमार ढुंगानाको संयुक्त इजलासमा उक्त मुद्दाको पेसी तोकिएको हो ।

आलमलाई जिल्ला अदालत र उच्च अदालतले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलमले सर्वोच्च अदालतमा निवेदन दिएका थिए।

आलमको सोही निवेदनमाथि सुनुवाईका लागि पेसी तोकिएको हो । उनी २०७६ असोज २६ मा पक्राउ परेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार