राप्ती खोलामा ट्रक खस्यो, एकको मृत्यु

हेटौंडा । मकवानपुरको राप्ती खोलामा मालवाहक ट्रक खस्दा एक जनाको मृत्यु भएको छ।

त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी १ सानुटारमा फलाम बोकेर काठमाण्डौ जाँदै गरेको प्रदेश १–०२–००१ ख ८७५९ नम्बरको आईचर ट्रक आफैँ अनियन्त्रित भई खोलामा खस्दा ट्रकमा सवार एक जनाको मृत्यु भएको हो।

मृत्यु हुनेको पहिचान खुल्न नसकेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले बताउनुभयो । मृतकको घटनास्थलमै ज्यान गएको बताइएको छ।

त्यसैगरी दुर्घटनामा अन्य २ जना घाइते भएका छन् । घाइते हुनेमा ट्रक चालक मोरङ जिल्ला सुन्दरहरैचा नगलपालिका ८ बस्ने बर्ष ३१ को राजन बास्कोटा र सह चालक सोही ठाउ बस्ने २४ वर्षीय सरोज आचार्य रहेको र उनीहरूको हेटौंडा११ स्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको डिएसपी रिमालले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार