‘कौन बनेगा करोडपति’मा दृष्टिविहिन हिमानीले जितिन् एक करोड

काठमाडौं । बलिउड अभिनेता अमिताभ बच्चनको शो ‘कौन बनेगा करोडपति’ को यस सिजनले पहिलो करोडपति पाएको छ। दृष्टिविहिन हिमानी बुन्देला एक करोडको प्रश्नको सही उत्तर दिँदै करोडपति बनेकी छिन्।

सोनी भिटिले आफ्नो अफिसियल इन्स्टाग्राम अकाउण्टमा शोको एक प्रोमो भिडियो शेयर गरेको छ। भिडियोमा हिमानीले एक करोडको प्रश्नको सही जवाफ दिएको देख्न सकिन्छ। उनी यस सिजनको पहिलो करोडपति बनेकी छिन्।

एक करोड जितेपछि हिमानी ७ करोडको प्रश्नको उत्तर दिन अघि बढ्छिन्। प्रोमो भिडियोमा प्रश्नको उत्तर दिँदै हिमानी अमिताभसँग भन्छिन्, ‘सर लक गरिदिनुस्, सर यदि तल झरेँ भने पनि केही छैन भगवानको मर्जी हो।’

हिमानीले ७ करोडको प्रश्नको सही उत्तर दिइन् कि दिइनन् त्यो शो हेरेपछि मात्र थाहा हुनेछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार