हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौंः माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी सरकारमा सहभागी हुने औपचारिक घोषणा गरेका छन् । बिहीबार आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष नेपालले गठबन्धनको सरकारमा छिट्टै सहभागी हुने बताएका हुन् ।

त्यस्तै उनले आफ्नो पार्टीले नेपाल कम्युनिस्ट पार्टी नछोड्ने पनि बताए । ‘हामी कम्युनिस्ट पार्टी छोड्दैनौ, कम्युनिस्ट पार्टीले मात्रै जनताको समस्या सम्बोधन गर्छ

हामी अवश्य पनि सरकारमा सहभागी हुनेछौं  पहिलेदेखि नै हामी गठबन्धनमा थियौं तर औपचारिक रूपमा ५ दल भन्न मिलेको थिएन। अब ५ दलीय गठबन्धन अगाडि बढ्छ।’ नेता नेपालको भनाइ छ ।

आफूहरु सत्तारुढ गठबन्धनमा भए पनि हिजोका दिनमा एमाले भित्र रहेको भन्दै त्यतिबेला सरकारमा जाने अप्ठ्यारो रहेको बताए ।

यस्तै, अध्यक्ष नेपालले नयाँ पार्टी गठनबारेको प्रश्नमा जवाफ दिँदै भने, ‘राष्ट्रिय कार्यकर्ता भेलाको भावनाअनुसार नै नयाँ पार्टी बनाएका हौं, कोही कसैले छाडेर जाँदैमा केही फरक हुँदैन।’

यसैगरी, अध्यक्ष नेपालले अहिले परिस्थितिमा परिर्वतन आएको र केपी शर्मा ओलीको कब्जामा रहेको पार्टीमा गुम्सिएको अवस्थाबाट निकास पाएको बताउदै कतिपय नेताहरुले अहिले साथ छाडेको भन्दै भने, ‘थाक्नेहरु थाकिरहन्छन्, मेरो केही गुनासो छैन ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार