प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले लिए सपथ

मोरङ । प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्यले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

बिहीबार मात्र एमाले संसदीय दलको नेता चुनिएका आचार्य मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । उनलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले प्रदेश प्रमुखको कार्यालयमा शपथ गराएका छन् ।

उनी बहुमत प्राप्त दलको नेताको हैसियतमा मुख्यमन्त्रीमा चुनिएका हुन् । उनलाई प्रदेशका मुख्यमन्त्री एवं तत्कालीन संसदीय दलको नेता शेरधन राईले दलको नेतामा प्रस्ताव गरेपछि सर्वसम्मत रुपमा नेता चयन भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार