एकीकृत समाजवादीतिर वामदेव पत्नी तुलसा

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमकी पत्नी तुलसा थापा माधवकुमार नेपालको नयाँ पार्टी नेकपा एकीकृत समाजवादीतिर लागेकी छिन्।

बुधबार नेकपा (एकीकृत समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्न तुलसा पनि पुगेकी हुन्। थापासहित माया ज्ञवाली, शारदा भट्ट र सोमप्रसाद पाण्डेको पनि सनाखत गराउने विषयमा आयोगमा छलफल भएको थियो।

तर आयोगले उनीहरु चारजनाको नाम सनाखत गर्न अस्वीकार गरेपछि मावधको पार्टीमा २९ जना सांसदले मात्रै सनाखत गरेका छन्। केन्द्रीय कमिटीमा माधवले करिब ३० प्रतिशत जुटाउन सफल हुँदा दलमा भने २० प्रतिशत पु¥याउन चुकेका हुन्।

एकीकृत समाजवादीको पक्षमा दिल्लीमा उपचाररत झलनाथ खनालले पनि सनाखत गर्दा माधवको पार्टीमा २९ जना सांसदबाट मात्रै सनाखत सम्भव भएको हो।

बुधबार दिउँसो २ बजेसम्म झलनाथ खनालसहित ३० जाना सांसद र ५५ जना केन्द्रीय सदस्यको सनखत भएको छ। श्रीमती माधव नेपालको पार्टीतिर लागेपनि वामदेव भने अलमल्लमै छन्।

उपाध्यक्ष गौतमले केही दिनअघि आफू नेकपा एमालेमै रहने बताएका थिए। माधव नेपाल पक्षले आफ्नोसहित फोटो राखेर एकीकृत समाजवादीमा रहेको चर्चा गरेपछि गौतमले आफ्नो सचिवालयमार्फत यस्तो बताएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार