थप २,४८२ जनामा संक्रमण, ४४ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १ हजार ७८१ जना संक्रमणमुक्त भएका छन् भने ४४ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ७११ जनाको पीसीआर परीक्षणमा १ हजार ८६२ र ५ हजार ५७९ को एन्टिजेन परीक्षणमा ६२० जना गरी २ हजार ४८२ जनामा संक्रमण पुष्टि भएको हो ।

हालसम्म नेपालमा कोराना संक्रमितको संख्या ७ लाख ५२ हजार ८६३ जना पुगेको छ ।

जसमध्ये ३५ हजार २५० जना होम आइसोलेसनमा र ३ हजार ०३७ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै कोरोना संक्रमणका कारण हालसम्म १० हजार ६१२ जनाको मृत्यु भएको छ ।

यसअघि हिजो मंगलबार २,५२५ जना संक्रमित थपिँदा ३५ जनाको मृत्यु भएको थियो भने २,०८६ जना डिस्चार्ज भएका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार