अफगानिस्तानका कामकाजी महिलाहरुलाई घरमै बस्न तालिबानको निर्देशन

काठमाडौं । अफगानिस्तानका कामकाजी महिलाहरु तत्कालका लागि घरमै बस्न तालिबानले निर्देशन दिएको छ । सुरक्षाको उपयुक्त प्रणाली स्थापित नभएसम्म कामकाजी अफगान महिलाहरु घरमै बस्नु पर्ने तालिबानका प्रवक्ताले बताएका हुन् ।

तालिबान प्रवक्ता जाबुहुल्लाह मुजाहिदले भनेका छन्, ‘यो अल्पकालीन व्यवस्था हो ।’ सन् १९९६ देखि २००१ सम्म तालिबान सत्तामा रहँदा उनीहरुले शरिया कानूनको निकै कडा कार्यान्वयन गरेका थिए ।

तालिबान समूहले अगस्ट १५ मा फेरि अफगानिस्तान नियन्त्रणमा लिएको छ । योसँगै पछिल्लो २० वर्षमा महिला अधिकारका क्षेत्रमा प्राप्त उपलब्धीहरु गुम्ने जोखिम रहेको छ ।

संयुक्त राष्ट्रसंघले तालिबानले शक्तिको दुरुपयोग गरेको र विशेष गरि महिलाहरुमाथि प्रतिबन्ध लगाएको विश्वसनीय खबर पाएको भन्दै चिन्ता व्यक्त गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार